काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गौशाला-२६ (परिवर्तित नाम) को तस्वीर सामाजिक सञ्जालमा राख्ने आफ्ना सदस्य दिवस सापकोटालाई निलम्बन गरेको छ ।
रास्वपाले सामाजिक सञ्जाल प्रयोगमा संवेदनशिल नरहेको भन्दै प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराएको छ ।
रास्वपाले भनेको छ- 'सामाजिक सञ्जाल प्रयोगमा संवेदनशिल नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौं। सापकोटाले गौशला-२६ (परिवर्तित नाम)को तस्वीर सामाजिक सञ्जाल (X) मा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेका थिए ।'