काठमाडौँ । गौशाला- २६ ले आफ्नो सामाजिक सञ्जालमा आफ्नो पहिचान खुलाउनेविरुद्ध कारवाहीको माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।
उनको उजुरीपछि सामाजिक सञ्जालमा कानुनविपरित पहिचान खुलाइदिएको विषयमा ब्युरोले अनुसन्धान शुरु गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवश सापकोटाले सामाजिक सञ्जालमा गौशाला- २६ ओ पहिचान खुलाउदै उनका तस्बीरहरु सार्बजनिक गरेका थिए ।
सापकोटाले गौशाला- २६ को पहिचान खुलाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई निलम्बन समेत गरिसकेको छ ।