• २०८१ बैशाख १५ शनिबार

एप्पललाई उछिन्दै माइक्रोसफ्ट बन्यो विश्वको मुल्यवान कम्पनी

kharibot

काठमाडौँ । विश्वको सबैभन्दा ठूलो टेक कम्पनी एप्पललाई ठुलो झट्का लागेको छ । दिग्गज टेक  कम्पनि माइक्रोसफ्टले एप्पलबाट विश्वको सबैभन्दा मूल्यवान कम्पनीको उपाधि खोसेको छ । अहिले माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ ।

मिडिया रिपोर्टका अनुसार माइक्रोसफ्टको शेयर १.५ प्रतिशतले बढेर कम्पनीको बजार मूल्य २.८८८ ट्रिलियन डलर पुगेको छ । कम्पनीले बिहीबार यो सफलता हासिल गरेको हो । तर, एप्पलको मूल्य माइक्रोसफ्टभन्दा ०.३ प्रतिशत मात्र कम छ । बजारमा एप्पलको मूल्य २.८८७ ट्रिलियन डलर पुगेको छ । २०२१ पछि यो पहिलो पटक माइक्रोसफ्टले एप्पललाई पछाडी पारेको छ ।

विज्ञहरूका अनुसार एप्पलको पतनको कारण सन् २०२४ मा आइफोनको कमजोर लन्चिङलाई मानिएको छ । तर, एप्पलभन्दा ०.३ प्रतिशत मात्र पछाडी रहेकाले माइक्रोसफ्टका लागि विश्वकै मूल्यवान कम्पनीको उपाधि जित्नु ठूलो चुनौती हुनेछ । एप्पलले अब आफ्नो स्थिति पुन: प्राप्त गर्न कडा मेहनत गर्ने बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार हालै एप्पललाई अदालतले ठूलो झट्का दिएको छ । आईफोनको गति घटाउनु एप्पलका लागि महँगो साबित भयो । एप्पलले पुराना सिरिजका आइफोनलाई स्लो गरेको भन्दै मुद्दा दायर गरेको थियो । मुद्दा हारेपछि पनि एप्पलले आफूले केही गलत नगरेको बताएको छ । अदालतको आदेशपछि अब अब एप्पलले सबै ग्राहकलाई पैसा तिर्नुपर्ने भएको छ र एप्पल क्षतिपूर्ति तिर्न तयार भएको छ ।

एप्पलले क्षतिपूर्तिको रूपमा कुल १४.४ मिलियन क्यानेडियन डलर तिर्न सहमत भएको छ । यो सम्झौताले अदालतको स्वीकृति पनि लिइसकेको छ । अदालतले आफ्नो आदेशमा एप्पलले कम्तीमा १५० क्यानेडियन डलर दिनु पर्ने भनेको थियो जसको आईफोन सुस्त भएको छ । यद्यपि, अदालतको यो निर्णय क्यानाडाली प्रयोगकर्ताहरूको लागि मात्र हो । रिपोर्टका अनुसार एप्पलले क्यानडामा आइफोन ६, ६ प्लस, ६ एस, ६ एस प्लस, एसई, ७, ७ प्लसलाई स्लो डाउन गरेको थियो । यो घटना २१ डिसेम्बर २०१७ अघिको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै