• २०८१ जेठ ४ शुक्रबार

बेन्जमा इत्तिहादको प्रशिक्षण टिमबाट निष्काशित

kharibot

काठमाडौँ । साउदी प्रो लिग क्लब अल इत्तिहाद र स्ट्राइकर करिम बेन्जेमाबीचको सम्बन्ध झन् बिग्रेको छ । बेन्जमाले क्लबमा तोकिएको समयमा प्रशिक्षणमा सहभागी नभएपछि उनलाई दुबई प्रशिक्षण शिविरबाट निष्कासन गरिएको छ ।

मार्काका अनुसार, फ्रान्सेली स्ट्राइकर बेन्जमाले गत शुक्रबारसम्म क्लबको जेद्दाहस्थित प्रशिक्षण केन्द्रमा पुग्नुपर्नेमा उनी अनुपस्थित रहेका छन् । बेन्जमा अनुपस्थित भएपछि क्लबका प्रशिक्षक मार्सेलो गालार्डोले दुबई यात्रा गर्ने टोलीबाट उनलाई हटाएको बताइएको छ ।

इत्तिहादमा बेन्जमाको लापरवाहीको यो पहिलो उदाहरण भने होइन । उनले २०२३ मा तिन पटकसम्म क्लबको प्रशिक्षण छोडेका थिए । क्लबका अघिल्ला प्रशिक्षक नुनो सान्तोसँगको उनको झगडाले गर्दा पनि क्लबसँग उनको सम्बन्ध राम्रो हुन नसकेको बताइएको छ । तर पनि क्लबले बेन्जमासँगको सम्बन्ध सुधार्न भन्दै नुनोलाई बर्खास्त गरेको थियो । नुनो अहिले प्रिमियर लिग क्लब नटिङ्घम फरेस्टमा पुगेका छन् । नुनोलाई बर्खास्त गरेपछि पनि बेन्जमाको क्लबसँग सम्बन्ध नसुध्रिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

साउदीमा बेन्जमाको प्रदर्शनलाई लिएर पनि उनको आलोचना भइरहेको छ । उनले आफ्नो क्षमत अनुसारको प्रदर्शन गर्न सकेका छैनन् ।

साउदीमा सेटल हुन नसकेपछि बेन्जमा फेरी युरोप फर्किन प्रयास गरिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

बेन्जमाले अल इत्तिहादका लागि कुल २४ खेलमा १५ गोल गरेका छन् भने साउदी लिगमा उनले १५ खेलमा केवल ९ गोल गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै