• २०८१ जेठ १ मंगलबार

फिल्म ‘खुस्मा' मा धिरज र उपासना

kharibot

काठमाडौँ । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी पहिलोपटक फिल्ममा एकसाथ देखिने भएका छन् ।

अशोक थापा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘खुस्मा’मा उनीहरुको जोडी बाँधिन लागेको हो । माघे संक्रान्तिको अवसरमा सोमबार कमलादीस्थित गणेश मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको छ । दुई चरणमा छायांकन हुने फिल्म द्वन्द्वकालीन प्रेमकथामा केन्द्रित भएर बन्नेछ ।

फिल्मको निर्मातामा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकी छन् भने एसडी योगी, सुरेन्द्र राना र राम अविरल विष्टको संगीत रहनेछ । दीपक बज्राचार्यले छायांकनको जिम्मेवारी पाएको फिल्ममा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) र अरुण मगरको पनि अभिनय रहनेछ । एम मिडियाको ब्यानरमा निर्माण हुने फिल्मलाई काफिया फिल्मसले देशभर वितरण गर्नेछ ।

फिल्मको छायांकन यही माघ ५ गतेदेखि रुकुमको मैकोट, बागलुङको ढोरपाटन, पोखरा र काठमाडौंमा गरिनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै