• २०८१ बैशाख १५ शनिबार

बनेपा नगरपालिकाका वडाध्यक्ष १५ लाख घुससहित पक्राउ

kharibot

काठमाडौं । बनेपा नगरपालिकाका एक वडाध्यक्ष १५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले बादेलाई बुधबार घुस रकमसहित पक्राउ गरेको हो । अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार बादेलाई भक्तपुर ठिमी नगरपालिका-३ गठ्ठाघरबाट पक्राउ गरिएको हो ।

बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको टोली उनको खोजीमा पुगेको थियो । ‘उहाँलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो,’ प्रवक्ता घिमिरेले भने । बादेको साथबाट स्रोत नखुलेको रकम पनि बरामद भएको घिमिरेले जानकारी दिए ।

बादेको साथबाट जापानिज येन १० हजार, अमेरिकी डलर एक सय, हुन्डाइको आई-१० कार बरामद भएको छ। कार चालक बदमबहादुर प्रधानसमेतलाई पक्राउ गरिएको घिमिरेले बताए । पक्राउ परेका घिमिरेलाई न्यायिक हिरासतमा राखेर अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै