• २०८१ बैशाख १५ शनिबार

रियल म्याड्रिडलाई हराउदै एटलेटिको कोपाको क्वाटरफाइनलमा

kharibot

काठमाडौँ । रियल म्याड्रिड कोप डेल रे बाट बाहिरिएको छ । गएराती सम्पन्न राउण्ड १६ को खेलमा एटलेटिको म्याड्रिडले रियल म्याड्रिडलाई ४-२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा २-२ गोलको बराबरी भएपछि खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समय एटलेटिको म्याड्रिडले २ गोल गरेपछि खेल ४-२ ले जितेको थियो ।

एटलेटिको म्याड्रिडको जितमा सामुएल लिनो, अल्भारो मोराटा, एन्टोनी ग्रीजम्यान र रोड्रीगो रिक्वेलमीले एक एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि एक गोल जोसेलुले गरेका थिए भने एक गोल एटलेटिकोका जान ओब्लाकले आत्मघाती गोल गरेका थिए ।

योसँगै यस सिजनको कोपा डेल रे को क्वाटरफाइनलमा पुग्ने ८ क्लबको टुंगो लागेको छ । जसमा एटलेटिको म्याड्रिडसहित बार्सिलोना, एथलेटिक बिल्बाओ, सेल्टा भिगो, गिरोना, मल्लोर्का, रियल सोसियडाड र सेभिया रहेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै