• २०८१ बैशाख २७ बिहीबार

शिक्षाको अधिकार प्रदेशलाई नदिएर गुणस्तर खस्कियो : मुख्यमन्त्री यादव

kharibot

महोत्तरी । मुख्यमन्त्री सरोज कुमार यादवले सिक्षा सम्बन्धि अधिकार प्रदेश सरकारको मातहतमा नभएको हुनाले मधेशमा शैक्षिकस्तर खस्केको बताएका छन्।

आज जनजागृति माध्यामिक विद्यालय बर्दिवासको स्वर्ण जयन्तिको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री यादवले स्थानीय सरकारले नै यसमा ध्यान दिनुपर्ने बताए ।

मधेशको उत्तरपूर्व क्षेत्रमा सैक्षिक गुणस्तर राम्रो रहेता पनि राजनीति खिचातानीले दक्षिण देहातमा सामुदायिक विद्यालयहरू थप खस्किँदै गएको उनको भनाई छ।

राजनीति ऐक्यवद्धता रहेमात्र साझा विकास गर्न सकिने मुख्यमन्त्री यादवको भनाई छ। उनले बर्दिवास नगरपालिकाको लागी प्रदेशास्तरिय गौरवको योजना दिन चाहेको बताएका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै