• २०८१ बैशाख १५ शनिबार

इरान र युएई एशियन कपको दोस्रो चरणमा

kharibot

काठमाडौँ । जारी एशियन कप अन्तर्गत इरान र युएई दोस्रो चरणमा पुगेका छन् ।

गएराती सम्पन्न समुह सी अन्तर्गतको खेलमा इरानले युएईलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । यो जितपछि इरानले ३ खेलमा तिनै खेल जितेर ९ अंक हासिल गर्दै समुहमा शिर्ष स्थानमा रहेर दोस्रो चरणमा पुगेको हो ।

त्यस्तै युएई पराजित भएपनि समुहमा ३ खेलमा ४ अंक हासिल गर्दै दोस्रो हुदै अर्को चरणमा पुगेको छ ।

त्यस्तै गएराती नै सम्पन्न यसै समुहको अर्को खेलमा प्यालेस्टाइनले हङकङलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । जितका बाबजुत प्यालेस्टाइनको ३ खेलमा ४ अंक रहेको छ र समुहमा तेस्रो भएको छ । युएई र प्यालेस्टाइन को समान ४-४ अंक भएपनि गोल अन्तरका आधारमा युएई दोस्रो हुदै सिधै अर्को चरणमा छनौट भएको छ । त्यस्तै प्यालेस्टाइन तेस्रो स्थानमा रहेपनि दोस्रो चरणमा जाने सम्भावना कायमै रहेको छ ।

सबै समुहका तेस्रो स्थानमा रहने शिर्ष चार देश दोस्रो चरणमा पुग्ने हुनाले समुह चरणका सबै खेलपछि चार देशको टुंगो लाग्ने भएको छ ।

साथै समुह सी बाट हङकङ तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ ।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै