• २०८१ बैशाख २५ मंगलबार

ओस्कारमा 'ओपेनहाइमर' ले पायो सबैभन्दा बढी मनोनयन

kharibot

उत्कृष्ट अभिनेता र अभिनेत्रीमा मनोनयन पाएका सिलियन मर्फी र एमा स्टोन

काठमाडौँ । हलिवुडको सबैभन्दा प्रतिष्ठित अवार्ड अस्करको अन्तिम मनोनयन सार्वजनिक भएको छ । मङ्गलवार सार्बजनिक भएको अन्तिम मनोनयनमा 'ओपेनहाइमर' ले सबैभन्दा बढी मनोनयन पाएको छ । 

क्रिस्टोफर नोलनको निर्देशनमा बनेको 'ओपनहाइमर' ले १३ विधामा मनोनयन पाएको छ भने योर्गस ल्यान्थिमद्वारा निर्देशित फिल्म 'पूअर थिङ्ग्स' ११ विधामा मनोनयन पाएको छ । जबकी लियोनार्डो डिकेप्रियोको चलचित्र 'किलर अफ द फ्लावर मून' १० विधामा मनोनित भएको छ । त्यस्तै ग्रेटा गेरविगको फिल्म 'बार्बी' ले ८ विधामा मनोनयन पाएको छ ।

यस अघि केहि साता अघि सम्पन्न गोल्डन ग्लोब्स अवार्डमा ओपेनहाइमरले सबैभन्दा धेरै विधामा अवार्ड हात पारेको थियो ।

यस बर्षको ओस्कारमा उत्कृष्ट अभिनेताको मनोनयनमा फिल्म मास्ट्रोका अभिनेता ब्राडली कूपर, फिल्म रस्टिनका कोलम्यान डोमिङ्गो, फिल्म द होल्डओभर्सका पल जियामाट्टी, फिल्म ओपेनहाइमरका सिलियन मर्फी र फिल्म अमेरिकन फिक्शनका जेफ्री राइट मनोनयनमा परेका छन् ।

त्यस्तै उत्कृष्ट अभिनेत्रीको मनोनयनमा फिल्म न्याडकी एनेट बेनिंग, फिल्म किलर्स अफ द फ्लावर मुनकी लिली ग्लाडस्टोन, फिल्म एनाटोमी अफ ए फलकी अभिनेत्री स्यान्ड्रा हलर, फिल्म मास्ट्रोकी केरी मुलिगन र पूअर थिन्ग्सकी अभिनेत्री एमा स्टोन मनोनयनमा परेका छन् ।

यस बर्षको ओस्का अवार्डको घोषणा आगामी मार्च १० मा हुने भएको छ ।

सबै मनोनयनको पूर्ण सूची यहाँ हेर्न सकिन्छ 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै