• २०८१ बैशाख १४ शुक्रबार

फिल्म रणवीरको रिलिज मिति घोषणा, पोष्ट प्रोडक्सनको काम हुदै 

kharibot

काठमाडौँ । घोषणादेखि नै चर्चामा रहेको फिल्म रणवीर आउदो मङ्सिर १४ मा रिलिज हुने भएको छ । 

उपत्यकाको लागि स्टेसन फाइभ र मोफसलको लागि डिसीएनले फिल्म वितरण गर्नेछन । यी दुई वितरण संस्थासँगकै छलफलपछि रिलिज मिति तय गरिएको निर्माण पक्षले जानकारी दिएका छन् । 

एक्सन, सस्पेन्स र थ्रिल मिश्रित फिल्मको छायाँकनको लागि दुई गीत मात्र बाँकी रहेको छ भने यतिबेला पोष्ट प्रोडक्सनको काम भइरहेको छ । फिल्मलाई विना सम्झौता छायाँकन गरिएको युनिटको भनाइ छ । 

फिल्ममा शिर्ष भूमिकामा सुशील सिटौला रहेका छन् । उनले फिल्मकै लागि आफ्नो शरीरमा बदलाव समेत ल्याएका छन्, जसलाई सार्वजनिक हुने भिडियो सामाग्रीले प्रस्ट्याउने विश्वास निर्माण टीमको रहेको छ । 

सुशीलसँगै फिल्ममा प्रशान्त ताम्राकार , हरिहर शर्मा , नरेश पौड्याल , टिका पहाडी , रवी गिरी , जीवन भट्टराई , बसन्ती भट्ट लगायतको अभिनय रहेको छ । 

यसैफिल्म मार्फत मोडलिङमा आफ्नो छुटै पहिचान बनाउन सफल शुभेच्छा खड्का र सुपुश्पा भट्ट फिल्मनगरीमा डेब्यु गर्दैछन । शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई लिएर निर्माण भएको फिल्मलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरिरहेका छन् । 

फिल्म ‘गाँजा बाजा’ प्रोड्युसर दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रुपमा ‘रणवीर’ निर्माण गरिरहेका छन् । 

महेश पौडेलको छायाँकन रहने फिल्ममा चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहनेछ । गम्भिर विष्ट र सुरेन बसेल फिल्मको कोरियोग्राफर रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै