• २०८१ बैशाख ३० आइतबार

‘पूजार सार्की’ को फर्स्टलुक सार्बजनिक, यस्तो देखिए आर्यन, प्रदीप र पल

kharibot

काठमाडौँ । दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म ‘पूजार सार्की’को छायांकन अगावै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पुरानो शैलीमा तयार पारिएको पोस्टरमा फिल्मका तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह चित्रित छन् । उनीहरुको लुक्स पृथक छ । आर्यन र पलको उन्मत्त हाँसो देखिन्छ भने प्रदीप ओठ टोकेर आँखा सन्काउँदै कमेडी अन्दाजमा प्रस्तुत छन् ।

फर्स्टलुक पोस्टर सार्वजनिक गरेसँगै फिल्मको छायांकनका लागि निर्माण टिम आइतबार कास्कीको कास्कीकोटतर्फ प्रस्थान गरेको छ । फिल्ममा अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुबास गजुरेल, विद्या कार्की, तारा शर्मा, प्रेम सुब्बा, शङ्कर आचार्य, गोविन्द रमण पराजुली आदिको पनि अभिनय रहनेछ । यो फिल्ममा ‘प्रकाश’ लेखक विकास सुवेदीको लेखन छ ।

जातीय विभेदविरुद्ध समाजका तिन पात्रहरूले गर्ने संघर्षको कथामा बन्न लागेको फिल्मको निर्मातामा सुबास भुसाल रहेका छन् । संगीतकार समेत रहेका भुसालले पहिलोपटक फिल्म निर्माण गर्न लागेका हुन् । उनका ‘लै लै’ र ‘बनकी चरी’ गीत सर्वाधिक चर्चित मानिन्छन् । फिल्मका गीतमा उनकै संगीत छ भने हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले गीत रचना गरेका छन् ।

‘पूजार सार्की’मा छायांकन राजेश श्रेष्ठ, सम्पादन सुप्रिम पराजुली, साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, प्रोडक्शन डिजाइन कसम नेपाल, कस्ट्युम डिजाइन आशिष पौडेल, द्वन्द्व निर्देशन हिमाल केसी, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरको रहनेछ । फिल्मको छायांकन मंगलबार (माघ २६ गते) बाट कास्कीकोटमा सुरु गरिँदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै