• २०८१ बैशाख १५ शनिबार

बुमराहलाई आइसीसीको कारवाही

kharibot

काठमाडौँ । आईसीसीले भारतीय तेज बलर जसप्रित बुमराहलाई जरिवाना लगाएको छ । आइतवार हैदरावादमा इंग्ल्याण्ड विरुद्धको पहिलो टेस्टका क्रममा बुमराहले जानाजानी इङ्ल्यान्डका ब्याट्सम्यान ओली पोपसँग टक्कर दिएका थिए ।

काउन्सिलका अनुसार बुमराहले आईसीसीको आचार संहिताको लेभल १ उल्लङ्घन गरेको र यसका लागि उनलाई एक डिमेरिट पोइन्ट दिइएको छ । जरिवाना अन्तर्गत कुनै आर्थिक जरिवाना गरिएको छैन । यदि कुनै खेलाडीले २४ महिना भित्र ४ डिमेरिट अंक पाएमा एक खेलको निलम्बन हुन्छ ।

बुमराहले आफ्नो गल्ती स्वीकार गरेका छन् र आईसीसी एलिट प्यानल अफ म्याच रेफ्री रिची रिचर्डसनले लगाएको सजाय पनि स्वीकार गरेका छन् ।

टेस्टको चौथो दिन ८१औं ओभरमा यो घटना भएको हो । इङ्ल्यान्डका ब्याट्सम्यान ओली पोपले बुमराहको बललाई हिट गर्ने प्रयास गरे, बल उनको प्याडमा लागेर लेग बाई भयो । जब उनी सिंगल लिन दौडे, बुमराह पोपको बाटोमा आए । यसै क्रममा पोप र बुमराहको काँधमा टक्कर भएको थियो र दुवैबीच भनाभन भएको भयो ।

आईसीसीको आचार संहिता अनुसार नजानेर भएपनि रन लिने खेलाडीसँग टक्कर गर्न पाइदैन । त्यसो गर्नु आईसीसी लेभल-१ को उल्लङ्घन मानिन्छ । 

लेभल-१ र लेभल-२ उल्लङ्घनले १ देखि २ डिमेरिट अंकसहित म्याच शुल्कको ० देखि ५० प्रतिशतसम्म आकर्षित गर्छ । लेभल-३ को उल्लङ्घनले ६ टेस्ट र १२ ओडीआई निलम्बन गरेको छ । बुमराहलाई भने १ डिमेरिट पोइन्ट जरिवाना गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै