• २०८१ बैशाख १५ शनिबार

एकदिवसीय क्रिकेटमा क्यानडा नेपालको १३औं प्रतिद्वन्दी, अहिलेसम्म कस्तो छ प्रदर्शन ?

kharibot

काठमाडौँ । नेपालले विहिबारदेखि क्यानडाविरुद्धको एकदिवसीय सिरिज खेल्दै छ । २०१८ मा नेदरल्याण्डसविरुद्ध पहिलो खेल खेलेर एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शुरुवात गरेको नेपालको क्यानाडा १३औं एकदिवसीय प्रतिद्वन्दी बन्न लागेको छ । 

यसबीचमा नेपालले भारत, पाकिस्तान, जिम्बाबे, आयरल्याण्ड र वेस्टइन्डिज जस्ता टेस्ट खेल्ने देशहरुसँग एकदिवसीय खेल खेलिसकेको छ ।

त्यस्तै एसोसियट्स देशमा नेपालले नेदरल्याण्डस, नामिबिया, ओमान, पिएनजी, स्कटल्याण्ड, युएई र अमेरिकासँग एकदिवसीय खेल खेलिसकेको छ । 

नेपालले अहिलेसम्म सबैभन्दा बढी युएईविरुद्ध १५ एकदिवसीय खेल खेलिसकेको छ । जसमा ९ जित र ६ हार बेहोरेको छ । त्यस्तै पिएनजीविरुद्ध नेपालले १० खेल खेलेको छ भने ८ जित र २ हार बेहोरेको छ । त्यसपछि ओमान र अमेरिकाविरुद्ध ७-७ खेल खेलेको छ । जसमा ओमानविरुद्ध ३ जित र ४ हार बेहोरेको छ भने अमेरिकाविरुद्ध ४ जित, २ हार र एक खेल बराबरी बनेको छ ।

त्यसैगरी स्कटल्याण्ड र नामिबियाविरुद्ध ६-६ खेल खेलेको छ । जसमा नामिबियाविरुद्ध २ जित र ३ हार बेहोरेको छ भने एक खेल नतिजाविहिन बनेको छ । त्यस्तै स्कटल्याण्डविरुद्ध ३ जित र ३ हार बेहोरेको छ । त्यस्तै नेदरल्याण्डसविरुद्ध खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ । 

त्यसैगरी भारत, आयरल्याण्ड, पाकिस्तान, वेस्टइन्डिज र जिम्बाबेसँग १-१ खेल खेलेको छ भने सबैमा नेपालले हार बेहोरेको छ । 

यसरी नेपालले अहिलेसम्म ५९ एकदिवसीय खेल खेलेको छ, जसमा ३० खेलमा जित हासिल गरेको छ भने २७ खेलमा हार बेहोरेको छ ।  त्यस्तै एक खेलको नतिजा आएको छैन भने एक खेल बराबरीमा सकिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै