• २०८१ जेठ ६ आइतबार

केन्द्र र प्रदेश सरकारको विवाद मिलाउन राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै

kharibot

काठमाडौं । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौंमा बस्दै छ ।

संघीय सरकार, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौंमा बस्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा गत असारको पोखरा बैठकले गरेका अधिकांश निर्णय कार्यान्वयन नभए पछि परिषद्को दोस्रो बैठक आज हुन लागेको हो । 

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बैठक बस्ने सदस्य सचिव अर्जुन पोखरेलले जानकारी दिए । त्यसका लागि सबै प्रदेशका मुख्यमन्त्री काठमाडौं आइसकेका छन ।

संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ को दफा १६ मा संघ, प्रदेश र स्थानीय तहको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न प्रधानमन्त्रीको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय समन्वय परिषद् रहने व्यवस्था छ । पहिलो बैठक गत असार १६ गते पोखरामा बसेको थियो । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै