• २०८१ जेठ १ मंगलबार

देशमा अब नयाँ सम्झौता गरेर अगाडी बढ्नुको विकल्प छैन- राजेन्द्र लिङदेन

kharibot

काठमाडौँ ।  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा अब नयाँ सम्झौता गरेर अगाडी बढ्नुपर्ने टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राप्रपाले देश पछाडि फर्किन नभनेको भन्दै नयाँ सम्झौता गरेर  देशलाई अगाडि बढाउनुपर्ने बताएका हुन् । 

उनले भने- 'अहिले देश टक्क अडिएको छ । देश भ्रष्टाचार र लुटमा मात्र अगाडि बढेको छ । भ्रष्टाचार कहाँ छ भनेर होइन, कहाँ–कहाँ छैन भनेर हेर्नुपर्ने विद्यमान अवस्था छ । सरकार प्रगति र सुशासनको कुरा गर्छ, तर यही सरकार र विगतमा समेत मिलेर देश लुट्ने काम भएको छ । गणतन्त्रको अभ्यासका वर्षमा सबै सरकारले देश लुटेका छन् ।’

उनले अहिलेको राजनीतिक प्रणालीमै दोष रहेको जिकिर गर्दै यही प्रणालीबाट जनताले अपेक्षा गरेको परिवर्तन कुनै हालतले सम्भव नभएको दाबी गरे । 

अध्यक्ष लिङदेनले सिमित दललका सिमित नेताहरुसँग देश कैद भएको बताउदै अब देश यहि बस्न नसक्ने बताए ।  उनले कसैलाई निषेध गरेर देश अगाडी बढ्न सक्दैन भन्ने प्रमाणित भइसकेको बताउदै नयाँ सम्झौता गरेर जानुको विकल्प नभएको बताए ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै