• २०८१ जेठ ७ सोमबार

एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषद्मा

kharibot

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्मा विचाराधीन रहेको बताएकि छिन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा जवाफ दिँदै मन्त्री शर्माले छानबिन समितिले प्रतिवेदन बुझाएकाले सोको अध्ययन भइरहेको जानकारी दिइन् ।

उनले त्यसबारे निर्णय नभएकाले हाल प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने जवाफ दिइन् । समितिका केही सदस्यले प्रतिवेदन आफूहरुलाई दिन माग गरेका थिए । 

समितिको आजको बैठकमा सुरक्षण मुद्रणसम्बन्धी विधेयकका दफा १९ देखि २६ सम्ममा छलफल भई पारित भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै