• २०८१ बैशाख १५ शनिबार

लेवानडोस्कीको दुई गोलमा बार्सिलोना विजयी

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेल्टा भिगोलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोलाइ २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुवै गोल गरेका थिए । उनले खेलको ९७औं मिनेटमा निर्णायक पेनाल्टी गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाएका थिए । त्यसैगरी सेल्टा भिगोका लागि एक गोल लागो आसपासले गरेका थिए ।

यो जितपछि बार्सिलोनाको २५ खेलमा ५४ अंक भयेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी सेल्टा भिगोको २५ खेलमा २० अंक रहेको छ र लिगमा १७औ स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय