• २०८१ बैशाख १५ शनिबार

गेटाफेमाथि बार्सिलोनाको शानदार जित

kharibot

काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत गेटाफेविरुद्ध शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा राफिन्हा, जोआओ फेलिक्स, फ्रयांकी डी जोंग र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको २६ खेलमा ५७ अंक भएको छ । लिगमा एक खेल कम खेलेको रियल म्याड्रिडको २५ खेलमा ६२ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी गेटाफेको भने २६ खेलमा ३४ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै