• २०८१ बैशाख १५ शनिबार

मेयर बालेनले महिला कर्मचारीलाई दिएनन् जिम्मेवारी, कानुनी उपचार खोज्दै

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महिला कर्मचारीलाई जिम्मेवारी नदिएर विनाकारण टर्चर दिनुका साथै जिम्मेवारीविहीन बनाएको भन्दै कानुनी उपचार खोज्ने घोषणा गरेकी छन् । 

महानगरपालिकामा कार्यरत आठौँ तहकी वरिष्ठ कानुन अधिकृत सस्मिता घिमिरेले मेयर बालेंको प्रशासनले विनाकारण जिम्मेवारीविहीन बनाएको आरोप लगाउदै कार्यालयमा बस्ने कुर्सी-टेबलसमेत नदिइएको बताएकी छन् ।

उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत अब कानुनी उपचार खोज्ने बताएकी छन् । घिमिरेले पोष्टमा आफू क्यान्सर सर्भाइभर रहेको र लोकसेवा पास गरेको राष्ट्रसेवक कर्मचारीलाई जिम्मेवारीविहीन बनाएर करार कर्मचारीलाई अनियमित ढंगले पैसा खर्च गरेको समेत आरोप लगाएकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै