• २०८१ बैशाख १५ शनिबार

रोनाल्डोलाई साउदी लिगमा एक खेलको प्रतिबन्ध !

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई साउदी प्रो लिगको एक खेलमा प्रतिबन्ध लगाइएको छ ।

रोनाल्डोले पछिल्लो अल शबाबविरुद्धको खेलमा फ्यानहरुलाई अश्लिल व्यवहार गरेको आरोपमा एक खेलको प्रतिबन्ध र जरिवाना लगाइएको हो ।

अल नासरले ३-२ ले जितेको सो खेलमा रोनाल्डोले मेसी, मेसी भन्दै चिच्याएका फ्यानहरुतर्फ इंगित गर्दै अश्लिल व्यवहार गरेका थिए ।

रोनाल्डोको सो व्यबहारको उजुरी परेपछि साउदी अरब फुटबल फेडेरेसनले छानबिन गरेको थियो । फलस्वरूप रोनाल्डोलाई एक खेलको प्रतिबन्ध र ६ हजार ३ सय डलर जरिवाना गरिएको छ ।

एक खेलको प्रतिबन्ध लागेसँगै रोनाल्डो आज हुने अल हाजमविरुद्धको खेलमा बाहिर हुने छन् ।

साउदी लिगमा रोनाल्डोलाई पटक पटक फ्यानहरुले मेसीको नाम लिएर चिढाउने गरेको देखिएको छ । पटक पटक दोहोरिएका यस्ता घटनामा रोनाल्डोले आफ्नै किसिमले प्रतिक्रिया समेत दिदै आएका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय