काठमाडौँ । नामिबिया र नेदरल्याण्डसबीचको खेल बर्षाले रोकिएको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेल बर्षाले रोकिएको हो ।
यस खेलमा नेदरल्याण्डसले टस जितेर पहिला ब्याटिंग गरिरहेको थियो । नेदरल्याण्डसले पहिला ब्याटिंग गर्दै १५ ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएको अवस्थामा खल रोकिएको छ ।
बर्षाले आजको खेल हुन नसकेमा दुवैले एक एक अंक बाड्ने छन् । यस अवस्थामा सिरिजको फाइनलमा नेदरल्याण्डस र नेपाल पुग्ने छन् ।
सिरिजको फाइनल खेल मंगलबार हुने तालिका रहेको छ ।