• २०८१ बैशाख २५ मंगलबार

सुदूरपश्चिममा माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त

kharibot

मुख्यमन्त्री कमलबहादुर शाह

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो सरकारमा रहेका नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् ।

केन्द्रमा सत्ता गठबन्धन टुटेपछि नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका शाहले माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्री शाहले मंगलवार पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गरेको जानकारी दिएका छन् ।

उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माललाई बर्खास्त गरिएको उनले बताए ।

५२ सदस्यीय सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै