• २०८१ बैशाख २३ आइतबार

सुदूरपश्चिममा नागरिक उन्मुक्तिका तिन मन्त्रीले लिए शपथ

kharibot

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सरकार बिस्तार गरेका छन् ।

मुख्यमन्त्री शाहले आज नागरिक उन्मुक्तिका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् । शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री र खुसीराम चौधरीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।

आज तिनै जनाले शपथ ग्रहण गरेका छन् । शाहले नेकपा माओवदी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि सरकार विस्तार गरेका हुन् ।

केन्द्रको समीकरण बदलिएपछि सुदूरपश्चिममा पनि सरकार संकटउन्मुख देखिएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिलाई विश्वासमा लिएका छन् ।

अब ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८ र नाउपाका ७ गरि २५ मत भएको छ । अब राप्रपा र एक स्वतन्त्र सांसदले समर्थन गरेमा सरकार बच्ने देखिएको छ । सुदूरपश्चिममा माओवादी केन्द्रका ११, एमालेका १०, राप्रपा एक र स्वतन्त्र सांसद एक जना छन् भने एक सिट रिक्त रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै