काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ । आजको बैठकमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको प्रक्रिया शुरु भएको छ ।
राष्ट्र्रियसभाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका नारायण दाहाल उम्मेदवार बनेका छन् भने नेपाली कांग्रेसका युवराज शर्मा उम्मेदवार बनेका छन् ।
गठबन्धनका पक्षमा राष्ट्रिय सभामा बहुमत रहेकाले दाहाल राष्ट्रिय सभा अध्यक्ष बन्ने लगभग पक्का रहेको छ ।