• २०८१ बैशाख १५ शनिबार

राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

kharibot

काठमाडौँ । राष्ट्रियसभाको अध्यक्ष पदमा  माओवादी केन्द्रबाट उम्मेदवार बनेका नारायण दाहाल विजयी भएका छन् ।

मंगलबार भएको निर्वाचनमा दाहालले ३९ मत पाए भने उनको विपक्षमा १७ मत परेको थियो । यस मतदानमा ५६ सांसदहरुले भाग लिएका थिए । 

यसअघि नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई अध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । सो प्रस्तावको पक्षमा १७ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो । सो मतदानमा ५६ सांसदहरुले भाग लिएका थिए । 

सत्ता साझेदार दलहरुका तर्फबाट उम्मेदवार बनेका दाहाललाई एमाले, एकीकृत समाजवादी र जसपाका सांसदहरुले मत दिएका थिए । त्यस्तै कांग्रेस उम्मेदवार शर्मालाई लोसपाले समर्थन गरेको थियो ।

राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालका भाइसमेत हुन् । उनको कार्यकाल चार वर्षको रहेको छ । २०७८ मा दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए । सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् ।

चितवन स्थायी ठेगाना भएका दाहाल २०३१ सालदेखि राजनीतिक दलमा सक्रिय रहेका छन् । त्यसअघि उनी २०२७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय थिए । उनी २०५७ सालदेखि माओवादीका केन्द्रीय सदस्य छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै