• २०८१ बैशाख १५ शनिबार

एटलेटिको र डोर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

kharibot

काठमाडौँ । एटलेटिको म्याड्रिड र बोरुसिया डोर्टमण्ड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा एटलेटिको म्याड्रिडले इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

यस अघि निर्धारित ९० मिनेटको खेलमा एटलेटिकोले २-१ को नतिजा निकालेपछि खेल २-२ गोलको बराबरी भएको थियो । राउण्ड १६ को पहिलो लिगमा इन्टर मिलान १-० ले विजयी भएको थियो । त्यसपछि ३० मिनेटको अतिरिक्त समय खेलाइएकोमा सो समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

त्यस्तै गएराती नै सम्पन्न अर्को खेलमा बोरुसिया डोर्टमण्डले पिएसभीलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

योसँगै क्वाटरफाइनलमा पुग्ने ८ टिमको टुंगो लागेको छ । एटलेटिको म्याड्रिड र डोर्टमण्डसहित आर्सनल, बार्सिलोना, पिएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियल म्याड्रिड यस सिजनको च्याम्पियन्स लिगको अन्तिम ८ मा पुगेका छन् । अब क्वाटरफाइनलको ड्र शुक्रबार हुने युइएफएले जनाएको छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै