• २०८१ जेठ १ मंगलबार

सुन चाँदीको मूल्य घट्यो

kharibot

काठमाडौँ।  स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेको छ ।

आइतबार प्रतितोला रु एक लाख २५ हजार मूल्यमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु एक लाख २४ हजार पाँच सय कायम भएको छ । 

यस्तै, तेजाबी सुनको मूल्य आइतबार रु एक लाख २४ हजार चार सय कायम भएकोमा आज भने तोलामा रु पाँच सयले घटेर रु एक लाख २३ हजार नौ सय कायम भएको छ । 

यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ । आइतबार प्रतितोला रु एक हजार तीन सय १२ मा कारोबार भएको चाँदी आज भने प्रतितोला रु एक हजार तीन सय तीन निर्धारण भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै