• २०८१ बैशाख १५ शनिबार

मानव अधिकारको प्रश्न उठाउदै अस्ट्रेलियाद्वारा अफगानिस्तानविरुद्धको टी-२० सिरिज रद्ध

kharibot

काठमाडौँ । अस्ट्रेलियाले मानव अधिकारको प्रश्न उठाउदै अफगानिस्तानविरुद्धको टी-२० सिरिज रद्ध गरेको छ ।

क्रिकेट अस्ट्रेलियाले अफगानिस्तानविरुद्धको टी-२० सिरिज स्थगित गरेको हो । क्रिकेट अस्ट्रेलियाले अफगानिस्तानमा महिला र युवतीको मानव अधिकारको प्रश्न  उठेको भन्दै अस्ट्रेलियन सरकारको सल्लाह सिरिज रद्ध गरेको जानकारी गराएको छ ।

अस्ट्रेलिया र अफगानिस्तानबीच न्युट्रल भेन्युमा आगामी अगस्तमा तीन खेलको टी-२० सिरिज हुने तालिका रहेको थियो ।

यस अघि अस्ट्रेलियाले २०२१ मा पहिलो टेस्ट खेल र २०२३ मा एकदिवसीय सिरिज समेत रद्ध गरेको थियो ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय