• २०८१ जेठ ७ सोमबार

विराजको '१२ गाउँ' मा तमिल द्वन्द्व निर्देशक सिल्भाको इन्ट्री

kharibot

काठमाडौँ । अभिनेता विराज भट्टको आगामी फिल्म ‘१२ गाउँ’ को द्वन्द निर्देशन तमिल फिल्मका चर्चित द्वन्द्व निर्देशक स्टन्ट सिल्भाले गर्ने भएका छन् । 

फिल्मका निर्देशक समेत रहेका भट्टले आफ्नो फिल्म '१२ गाउँ' मा एक्सनलाई विशेष प्राथमिकता दिँदै सिल्भालाई द्वन्द निर्देशक लिएका हुन् । 

तमिल फिल्ममा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई आफ्नो फिल्ममा भित्र्याएको जानकारी दिदै विराजले लेखेका छन्- ‘सिल्भा गुरु, नेपालमा स्वागत छ । तपाईंसँग काम गर्न पाउनु सम्मानको कुरा हो ।’

सिल्भाले रजनीकान्तदेखि विजयसम्मका फिल्ममा द्वन्द्व निर्देशन गरेका छन् । सिल्भाले ‘बाहुबली’ फेम निर्देशक एस.एस राजामौलीको फिल्म ‘छत्रपथी’ (२००५) मा नकारात्मक भूमिका अभिनय समेत अग्रेका थिए  । 

फिल्ममा विराज स्वयंको मुख्य भूमिका रहनेछ भने उनका छोरा (समीर भट्ट) ले डेब्यू गर्दैछन् । पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्काले पनि यही फिल्मबाट डेब्यू गर्दैछिन् । फिल्मको मुख्य भिलेनमा भने कनिज कोइरालाले अभिनय गर्दैछन् । फिल्मको छायांकन आगामी बैशाखबाट सुरु हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै