• २०८१ बैशाख १५ शनिबार

बलात्कार आरोपमा रोबिन्होले ब्रजिलमै नौं बर्ष जेल सजाय काट्नुपर्ने

kharibot

काठमाडौँ । ब्राजिलका पूर्व फुटबल खेलाडी रोबिन्होले बलात्कारको आरोपमा नौं बर्षको जेल सजाय पाएका छन् ।

रोबिन्होलाई २०१७ मा इटालीको अदालतले बलत्कारको आरोपमा दोषी ठहर गरेको थियो । तर टीअघि नै रोबिन्हो ब्राजिल पुगेकाले उनलाई इटाली सुपुर्दगी गर्नको गरिएको अनुरोधलाई ब्राजिलले अस्वीकार गरेको थियो । यसैबीच एक न्यायाधिकरणले रोबिन्होले सो सजय ब्राजिलमा आफ्नो सजाय काट्न सक्ने फैसला गरेको छ ।

सुपीरियर ट्रिब्युनल अफ जस्टिस (एसटीजे) मुद्दामा न्यायाधिशहरुले ९-२ ले मत दिदै रोबिन्होको गिरफ्तारी र स्वदेशमै सजाय भोग्ने पक्षमा आफ्नो राय दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । ४० वर्षीय रोबिन्होका वकिलहरूले उक्त फैसलाविरुद्ध एसटीजे र संघीय अदालतमा अपिल गर्न सक्ने बताइएको छ । 

रोबिन्होले २०१३ मा इटालियन क्लब एसी मिलानमा खेल्ने क्रममा बलात्कारको आरोप लागेको थियो । तर रोबिन्होले मिलानको एक बारमा भएको सम्बन्ध आपसी सहमतिमा भएको दाबि गर्दै आएका छन्  ।

रोबिन्होले ब्राजिलका लागि १०० खेल खेल्दै २८ गोल समेत गरेका छन् । त्यस्तै उनले ब्राजिलको चर्चित क्लब सान्तोषसहित, स्पेनिस क्लब रियल म्याड्रिड, प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी, इटालियन क्लब एसी मिलान लगायतका क्लबमा व्यवसायिक फुटबल खेलेका थिए  ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै