• २०८१ बैशाख ३१ सोमबार

जोखिम मोलेर सरकारमा गएका छौं, काम गर्न नसके बाहिरिन्छौं- लामिछाने

kharibot

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काम गर्ने नसके सरकारबाट आफै बाहिरिने बताएका छन् ।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको एक कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले जोखिम मोलेर सरकारमा गएको बताउदै काम गर्न नसकेको अवस्थामा सरकारबाट बाहिरिन सबैको झोलामा राजीनामा सँगै रहेको बताएका हुन् ।

उनले कांग्रेसले काम गर्न नसकेर प्रधानमन्त्रीले गलहत्याएर निकाल्नुपरेको बताउदै आफुहरु काम गर्न नसके आफै बाहिरिने बताए ।

उनले आफूले भ्रष्टाचारका माछा समाउन थालेको बताउँदै भने–‘कतिपय माछाहरू बढो चिप्लो हुन्छन्, समाउन खोज्दाखोज्दै चिप्लन्छन्, कतिपय माछाहरू बाठा हुन्छन्, समाउन खोज्दा खोज्दै लुकिहाल्छन्, कतिपय माछाहरू जाल हालेपछि छल्न जान्ने पनि हुन्छन् । जतिसुकै चिप्ला, बाठा र जतिसुकै बाठा माछा हुन, नागरिकले दिएका शक्तिका अगाडि कुर्नुहोला, तिनीहरूको कुनै सीप लाग्दैन । हामीले त्यसको सङ्केत देखाइसकेका छौँ ।’

महरालाई संकेत गर्दै लामिछानेले एक जना समातिँदैमा फेरी छुट्यो भनेर निराश नहुन आग्रह गर्दै समाज आत्तिएको र सबै कुरा आजै हुनुपर्ने मनस्थितिमा रहेको टिप्पणी गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै