• २०८१ बैशाख १५ शनिबार

बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुलमा भत्कियो

kharibot

वासिङ्टन । अमेरिकी सहर बाल्टिमोरको फ्रान्सिस स्कट कि ब्रिज (पुल) मा जहाज ठोक्किएपछि पुल भत्किएको र उक्त दुर्घटनाका कारण कम्तीमा २० जना पानीमा फसेको मेरिल्याण्ड यातायात प्राधिकरणले जनाएको छ । 

पानीजहाजको ठक्करका कारण ‘आई–६९५ कि ब्रिज’ मा आंशिक क्षति पुगेको प्राधिकरणले सामाजिक सञ्जाल एक्समा अन्तरराज्य राजमार्ग प्रशासनलाई उद्धृत गरी साझा गरेको पोस्टमा उल्लेख गरिएको छ । प्राधिकरणले भिडियोमार्फत सवारी चालकहरूलाई पटाप्सको नदीको पुल प्रयोग नगर्न निर्देशन दिएको छ । प्राधिकरणले पुलमा भएको क्षतिका कारण पुलको दुवै तर्फका सडकहरु बन्द गरिएको जनाएको हो । 

बाल्टिमोर प्रहरी विभागका प्रहरी प्रवक्ताले एनबिसी न्यूजलाई दुर्घटनामा परेका मानिसहरू नदीमा रहेको हुन सक्ने बताउनुभएको छ । स्थानीय अधिकारीका अनुसार दुर्घटनाका कारण कम्तीमा २० जना पानीमा फसेका छन् ।

बाल्टिमोर सिटी प्रहरीलार्ई मङ्गलबार बिहानै जहाजको ठक्करका कारण करिब १: ३५ मा पुल भत्किएको सूचना आएको बाल्टिमोर प्रहरीका निकी फिनोयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ । 

पानीजहाजहरूको अनुगमनबारे जानकारी दिने वेबसाइट ‘मरिन ट्राफिक’ ले मङ्गलबार बिहान डाली नामक सिङ्गापुरको ध्वजा बहाक कन्टेनर दुर्घटनाग्रस्त पुलमुनि रोकिएको देखाएको थियो । 

बाल्टिमोरका मेयर ब्रान्डन स्कुट र बाल्टिमोर काउन्टीका कार्यकारी जोनी ओल्सेव्स्की जुनियर दुवैले घटनाबारे जानकारी पाएपछि तत्काल उद्धार कार्यका लागि उद्धारकर्मी खटाइएको बताएका छन् । 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै