• २०८१ बैशाख १५ शनिबार

कांग्रेसका सांसद बडूको प्रश्न- सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् ?

kharibot

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले  सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् ? भन्दै प्रश्न गरेका छन् ।

बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद बडूले गृहमन्त्री रवि लामिछानेलाई यस्तो प्रश्न सोधेका हुन् ।

उनले भने- ‘पोखरा बुटवल लगायतका केही सहकारीको पैसामा ग्यालेक्सी टेलिभिजन सञ्चालनमा १० करोड रूपैयाँ आएको भन्ने सुनिएको छ । त्यो पैसा त्यहाँ आउनु हुन्थ्यो कि हुँदैन थियो ? छानबिनको कुरा होला ? त्यसमा १ करोड रूपैयाँ को व्यक्ति हो थाहा छैन । रवि लामिछाने नामले पनि जम्मा भएको भन्ने खबर आयो । त्यो मान्छे को हो ? नाम मात्रै संयोगले मिलेको हो कि ? हाम्रो त अहिलेको वर्तमान गृहमन्त्रीको नाम पनि रवि लामिछाने हो । त्यसरी चिन्छौँ ।'

त्यो नाम गृहमन्त्री नै भएको भए यसको छानबिन निष्पक्ष गर्नका लागि जिम्मेवारीबाट बाहिर बस्न उनले आग्रह गरे । उनले भने- यदि गृहमन्त्री रवि लमिछाने नै भएको भए छानबिन सुरु गरिहाल्न र छानबिन भइन्जेल जिम्मेवारीबाट बाहिर बस्न मिल्छ कि मिल्दैन ?

सांसद बडूले छानबिन हुन्जेल गृहमन्त्री बाहिर बसेर सहयोग गरेर कानुनभन्दा ठुलो कोहि हुदैन भन्ने देखाउन आग्रह गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै