• २०८१ बैशाख २२ शनिबार

पृथ्वी संरक्षणमा चुनौति

kharibot

आज  सन् २०२४ को  अप्रिल  २२ तारिक विश्व पृथ्वी दिवसको  ५४ औ वर्षिक उत्सव हो । विगत  ५२ वर्ष देखि विश्वका लाखौ मानिसहरुले  पृथ्वीको वातावरण र जैविक विविधता सँरक्षण गर्न विभित्र चेतनामूलक नाराका साथ विभित्र कार्यक्रम तथा प्रर्दशन गरी मनाउदै आएको सन्दर्भमा गतवषर््ाको पृथ्वी दिवस  “पृथ्वी र प्रकृति संगको सामिप्यता  बढाआंै, हाम्रो विश्वलाई पुर्नस्थापना गर्ने गतिविधिमा जुटौं” भत्रे नाराका साथ पृथ्वी दिवस मनाउन संयुक्त राष्ट्रसंघले पनि आव्हान गरेको थियो । रहेको छ । मानव सभ्यताको विकाशमा अति नै महत्वपूर्ण भूमिका खेलेको प्लास्टिक अहिले पृथ्वीको तापक्रम र प्रदुषण बढाउनमा चुनैतिको विषय वनेको छ । यसको उचित प्रयोग र नियन्त्रण गर्न आवशयक देखिएकोले यसवर्षको  नारा पृथ्वी विरुद्घ प्लास्टिक (एबिलभत खक। एबिकतष्अक०  सार्थक देखिन्छ । पृथ्वीको सम्रक्षणमा सबैको सहयोगका लागि चेतनामूलक कार्यक्रमका साथ मनाउनुमा यसको सार्थकता रहेको देखिन्छ ।

अनियन्त्रित जनसंख्या, औद्योगिक क्रान्ति, वनविनाश, शहरीकरण, आणविक भट्टीहरूको स्थापना, र सुविधाजनक जीवनशैलीका कारण अत्यधिक मात्रमा कोइला र पेट्रोलियम पर्दाथको प्रयोगबाट कार्वन उत्सर्जनका साथसाथै हानिकारक  हरितगृहग्यासहरू (कार्वनडाइअक्साइड, नाइट्रिक अक्साइड, मिथेन, हाइड्रोफ्लोरोकार्बन, परफ्लोरोकार्बन, सल्फरहेक्जाफ्लोराइड र पानीका वाष्पहरू) उत्पादन भई पृथ्वीको तापमान बढ्ने क्रम जारी छ । तापमान बढेसँगै यसबाट उत्पत्र जलवायु परिवर्तनका प्रभावबाट पर्न जाने नकारात्मक असरहरू धेरै क्षेत्रहरूमा देखिन थालेका छन् ।

पृथ्वीको स्थलमा मात्र होइन जलाशयमा रहने प्राणी जगतलाई  समेत गम्भिर रुपमा  ऋणत्मक असर परेकोले विश्वलाई नै चुनौति दिने गरि बृद्धि भइरहेको वातावरणीय असन्तुलनको भयाभह स्थितिलाई ध्यानमा राखेर सन् १९७० मा  लाखौ  अमेरिकीहरुले तटिय क्षेत्रहरुमा पृथ्वीको हरित र स्वच्छ वातावरणका लागि स्थानिय, प्रदेश तथा केन्द्रिय तहका सरकारहरुलाई  वैधानिक  तथा कानूनी व्यवस्थाकोे  माग गर्दै कार्यालय र संस्थाहरुमा जुलुस प्रर्दशन गरेका थिए । १९६९ मा अमेरिकाको क्यालिफोर्निया राज्यको शान्ता बारबारामा ठूलो परिमाणमा पेट्रोलियम पदार्थ पोखिएर  दुर्घटना हुँदा त्यसको असरले नराम्रो स्थितिको श्रृजना उत्पत्र गरेको थियो ।उक्त घटनाले  अमेरिकी सिनेटर गेलर्ड नेल्सनलाई वातावरण सँरक्षण र सुरक्षित औद्योगिक नियमावलीको लागि  चेतना जगाउने हेतुले  जुलुस प्रर्दशन गर्न  पे्ररित गरेको थियो । यसलाई मुर्तरुप दिन पेट म्याक  इलोस्किले पनि  प्राकृतिक वातावरण संरक्षणको लागि राष्ट्रिय पाठको रुपमा २२ अप्रिल १९७० मा  पहिलो कार्यक्रमको शुरुआत  गरेका थिए । फलस्वरुप २२ अप्रिल लाई वातावरण संरक्षणको लागि महत्वपूर्ण  दिनको रुपमा मनाउन थालियो । वातावरण संरक्षणको लागि जनस्तरबाट शुरु गरिएका क्रियाकलाप तथा गतिविधिहरुले गर्दा सन १९९२ मा संयुतm राष्ट्र संघ द्वारा पृथ्वी  सम्मेलन आयोजना गर्ने  आधार तैयार भयो ।  फलस्वरुप सन १९९२ मा ब्राजिलको  रीयो दि जेनेरियोमा पृथ्वी  सम्मेलनको आयोजना  गरियो । त्यसपछि वातावरण संरक्षणको विषय विश्वव्यापि रुपमा लगभग सवै सरकारहरुको सरोकारको विषय बत्र पुगेको छ ।

पृथ्वी दिवसको रुपमा मनाइने कार्यक्रम, व्यतm गरिने संकल्प र तदनुरुपका प्रयासले वातावरण सँरक्षणका लागि ठोस आधारहरु निर्माण गरिरहेको छ  र मानिसलाई  वातावरण मैत्री कार्यगर्न पे्ररित  गरिरहेको छ । करीव ७.९ अर्ब मानिस बसोवास गर्ने हाम्रो घर पृथ्वी, धर्तीमाता  हामीलाई जन्म दिने हाम्री आमा जस्तै उत्पादनको अदम्भ्य क्षमता भएकी, सुन्दरता,विविधताकी धनी, श्रोत र सम्पदाले भरिपूर्ण अत्रदाता, पानी र प्राणवायु  दिएर जीवन र जगत सम्भव बनाउने अथाहा विशेषता बोकेकी सँरक्षणकर्ता,सहनशीलताकी खानी जननी हुन । प्रगति र उत्रतिको प्रचुर अवसर दिएर सवै प्राणी जगतलाई समान व्यवहार गर्दै प्रकृतिको खिलापमा नजान आग्रह गर्दैछिन ।

पृथ्वीमा भएका प्राणी मध्ये सवैभन्दा बुद्धिमान मानिन्छ मानव जाती जसले समय परिवर्तन संगै आपूmलाई  सक्षम, वलवान र बुद्धिमान सावित गरिराखेको  छ । आदिम ढुङ्गे युगको अवस्था बाट विकाश गर्दै विज्ञान र प्रविधिको क्षेत्रमा यति सम्म बिकाश ग¥यो कि उसले आपूmलाई हरेक क्षेत्रमा सहज र सुविधाको लागि  कुनै वस्तु वनाउन वाँकी नै राखेन ।

स्थलमा गुड्न छिटो दौडिने  रेल, आकाशमा गुड्ने हवाइ जहाज तथा पानीमा दौडिने  पानी जहाज वनाएर पृथ्वीको एक कुनावाट अर्को कुनामा छिटो पुगिने र सजिलो साधनको मात्र विकाश होइन कम्पयूटर,मोवाइल र इन्टरनेटको विकासले विश्व जगतलाई नै एकैठाँउमा बनाइ दिएको छ ।  स्वास्थ्य विज्ञानको प्रविधिमा भएको  चमत्कारिक विकासले प्राकृतिक रुपमा बनेका शरीरका अङ्गलाई कामगर्न छाडिसके पछि पनि प्रत्यारोपण गरेर मानिसको आयुलाइ समेत लम्ब्याउने काम गरेको छ । रसायन र औषधि विज्ञानको चमत्कारले अाँखाले देख्न नसकिने सूक्ष्म भाइरसहरुको समेत अध्ययन गरि कोरोना,इबोला,सार्स जस्ता शक्तिशाली रोगहरु  जसले मानिसको जीवन छोटो समयमा नै नाश गर्न सक्दछन् त्यस्ता  भाइरससंग लड्ने खोपको समेत विकाश गरी  जीवनको जोखिमलाई न्यूनिकरण गर्न सफल भएको प्रमाणित गरिसकेको छ ।  विभित्र किसिमका व्याक्टेरिया  हरुले उपत्र गर्न सक्ने रोगहरुलाई औषधि विज्ञानको विकासले पनि मानव जीवनलाई धेरै हदसम्म  सुरक्षित गरेको छ । भौतिक र रसायन विज्ञानको चमत्कारले   कर्करोग (क्यान्सर) जस्ता जटिल रोगहरुको पनि निदान गर्ने रेडियसन थेरापिको प्रयोग गरि अल्पआयुमा मृत्यु हुनबाट रोकेको छ । यसरी पृथ्वीको एक कुनामा बसेको वैज्ञानिकले अर्को कुनामा बसेको साधारण गरिव,अनपढ,अशिक्षित मानिसहरुको जीवन पनि रक्षा गरिरहेका छन् ।

हाम्रो पृथ्वी प्राकृतिक श्रोत र साधनले भरिपूर्ण भएकै कारण खतरामा परेको छ । प्राकृतिक श्रोतकै खातिर यहाँ ठूलाठूला युद्धहरु पनि भएका छन परिणाम स्वरुप धेरै परिमाणमा जनधनको क्षति भएको हामी देखिराखेका छौं । आज विश्वमा १ हजार ३०० भन्दा धेरै परमाणु वम र विनासकारी हतियारहरुको भण्डारण गरियका कुराहरु सुनिन्छन् । धनी र ठूला राष्ट्रहरुको धमण्ड र होडबाजीका कारण  गरिव र साना राष्ट्रहरु उनका गुलाम बनीरहेको अवस्थाले गर्दा सयौवर्ष लगाएर मानव निर्मित भव्य र सभ्य शहरहरु पनि आज क्षणभरमा भग्नावशेषमा परिणत भईरहेका छन् । ठूलो परिमाणमा मानव जीवनको क्षतिका खवरहरु दैनिक सुत्रमा आउँछन् । जंगली युग देखि वर्तमान सम्म पनि यसको निरन्तरता कायमै छ ।

आणविक भट्टिहरु, लामो दुरीका क्षेप्यास्त्रहरु,रासायनिक कलकारखानाहरु र खनिज तेलहरुको अत्यधिक प्रयोजनले पृथ्वीको वायुमण्डलमा कार्वन उत्सर्जनका कारण पृथ्वीको तपमान बढ्नेक्रमलाई तीब्रता दिएको छ । “पृथ्वीको फोक्शो भनिने वनजंगल, प्रकृतिको मृगौला,जैविक सुपरमार्ट तथा प्राकृतिक सिभिल इन्जिनियर भनिने सिमसार क्षेत्रहरु” समेत  विभित्र  मानव क्रियाकलापबाट मासिने क्रम तीब्र छ । प्रकृतिमा भएका बहुमुल्य श्रोत र साधनलाई आफ्नो स्वार्थ र्पूिर्तको लागि लुकी चोरी दोहन गर्ने तथा  व्यापार र व्यवसाय गर्ने बहानामा मानिसको शरिरलाई फाइदा नगर्ने खाद्यवस्तु उत्पादन गर्ने गरि क्यान्सर जस्ता खतरनाक रोगको समेत वास्ता नगर्दा आज पृथ्वीका सन्तान दुःखको भूमरीमा जीवन व्यथित गरिरहेका छन ।
जलवायु परिवर्तनको कारण पृथ्वीमा अत्यधिक गर्मी,हावाहुरी,सुखा खडेरी, आगलागीका समस्याहरुले मानव जीवन आक्रान्त भइरहेको अवस्था छ । जलवायु परिवर्तनका असरहरूले मुख्य गरी वन तथा जैविक विविधता, जलस्रोत र ऊर्जा, कृषि तथा खाद्य सुरक्षा, मानव स्वास्थ्य र भौतिक पूर्वाधार जस्ता क्षेत्रहरूमा प्रभाव पारेको देखिन्छ ।  कतै अत्यधिक र लामो वर्षा हुँदा पहाडि क्षेत्रमा  भू–स्खलन र पहिरोका कारण वाढी आउँदा वस्तिहरु कटान र डुवानका समस्याले विकराल अवस्थाको श्रृजना भएको छ त कतै हिमश्रृङ्गखलाहरु पग्लने र हिमतालहरु फुटने र  वस्तिहरु बगाउने त्रास बढिरहेको छ । भिरालो स्थानका बस्तिहरु पहिरोको जोखिममा छन् भने समुन्द्र सतहको उँचाइ कम हुँदैछ  र तटिय बस्तिहरु र टापु देशहरुको अस्तित्व संकटमा पर्ने प्रक्षेपण गरिएको छ । त्यतिमात्र होइन जलाशयमा बस्ने प्राणीको वासस्थानमा विषाक्त रसायनले लोपोन्मुख अवस्थामा पुगेका छन् । जीवजन्तुको तस्करी भैरहेको छ भने जैविक विविधतामा ह्रास आएको छ । पृथ्वीको सतहमा भएका श्रोत र साधन मात्र होइन गर्भमा रहेका  खनिजहरुको पनि अत्यधिक दोहन भइरहेका छ । यस्ता कार्यले प्राकृतिक रुपमा सुशोभित सुन्दर पृथ्वीको स्वरुपलाइ नै परिवर्तित बनाइ मानव जीवनलाइ मात्र होइन जीवजन्तु र पारिस्थिकिय प्रणालीमा समेत संकटको अवस्था श्रृजना गरेको छ ।  

प्रकृतिको नियमानुसार यहाँ भएका सवै जैविक तथा अजैविक अवयवहरु सन्तुलनमा रहनुपर्दछ अनि मात्र हाम्रो पारिस्थितीकिय प्रणाली सन्तुलनमा रहन्छ जसले पृथ्वीमा रहेका प्राणीको रक्षा गर्दछ ।  स्वच्छ पारिस्थितीकिय प्रणाली  भत्रु नै स्वच्छ पृथ्वी भत्रे बुझिन्छ र जीवन सुन्दर र स्वच्छ बन्दछ । जलवायु परिवर्तन  र वातावरण सँरक्षणको क्षेत्रमा  भइरहेका  वैज्ञानिक अनुसन्धानहरुले पनि महत्वपूर्ण योगदान पु¥याइरहेका छन् । हाम्रो उत्रति, प्रगति र हाम्रा सन्ततिहरुको सुन्दर भविश्यको लागि हाम्रा विग्रिएका पारिस्थितीकीय प्रणालीालाई पुर्नस्थापना गरेमा गरिवी निवारण र  जलवायु परिवर्तनका असरबाट बच्न र सामूहिक रुपमा लोपहुन लागेका प्रजातिको बचाउ गर्दछ, त्यसको लागि हामी सबैले आ आफ्नो ठाउँबाट राम्रो भूमिका निभाउन जरुरी छ । प्रत्येक राष्ट्रका सरकार,राजनीतिक दलहरु, नागरिक समाज तथा संघ सँस्थाहरुले जलवायु परिवर्तन र वातावरण सँरक्षणको विषयलाई आफ्नो प्रतिबद्धता पत्रमा जल्दोवल्दो मुद्धाको रुपमा लिन जरुरी देखिन्छ परम्परागत प्रविधिलाई नवप्रवर्तनका साथ विकाश गर्दै स्थानिय श्रोत साधनलाई दीगो सदुपयोग गरि स्वरोजगारका नयाँ अयामहरु खुल्न सक्दछन र आफ्नो क्षेत्रको वातावरण सँरक्षणमा उल्लेख्य योगदान पुग्न सक्नेछ । पृथ्वीको बचाउ गर्न यसमा भएका प्राकृतिक श्रोतको संरक्षण गर्न पर्दछ, यसलाई सधै सफा र हरियो राख्न जरुरी छ ।

पृथ्वीको बचाउमा लगानी गरांै, पृथ्वीलाई हानी पु¥याउने कामको विरुद्धमा आवाज उठाऔं । पृथ्वी बाहेक हाम्रो वस्नेठाँउ कतै छैन त्यसैले यसलाई  माया गरौं सुखी र सम्बृद्ध बनी शान्ती तथा खुसी प्राप्त गरौ ।  प्रत्येक वर्ष यो दिनलाइ  विश्वका  विभित्र राष्ट्र र सङ्घं संस्थाहरुले  व्यापक रुपमा विश्वको तापमान बृद्धि र जलवायु परिवर्तनका सम्बन्धमा आधुनिक ज्ञानविज्ञान सहित वातावरण  संरक्षणको लागि वार्षिक उत्सवका रुपमा मनाउदै आइएको हो । हामीले पनि प्रकृति सँरक्षणको महत्व जनस्तरमा पु¥याउन चेतनामूलक कार्यक्रमकासाथ पृथ्वी दिवस मनाआंै । पृथ्वी दिवसको सवैमा शुभकामना !

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै