• २०८१ बैशाख २६ बुधबार

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

kharibot

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । 

आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका उपर छलफल हुने सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने छ ।

शुक्रबार बसेको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव गरिएको निर्देशिका बैठकमा प्रस्तुत भएको बस्नेतले बताए ।

निर्देशिकाले जसपाका करिब एक लाख ४६ हजार सङ्गठित पार्टी सदस्यमध्येबाट करिब एक हजार महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रस्ताव गरेको छ । सो पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ ।

त्यस्तै प्रशिक्षण टिममा मुख्य प्रशिक्षक- फ्लोयड रेफर, सहायक कोच- रेयन ग्रिफिथ, फिजियोथेरापिस्ट- नील ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन कोच- शेन कूपर, प्रबन्धक र विश्लेषक अवनेश सीताराम रहेका छन् ।

सार्बजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल आज हुदै छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं मे ४ मा हुने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै