• २०८१ बैशाख २७ बिहीबार

आइपिएलमा आज दुई खेल हुदै

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुदै छन् ।

आज पहिलो खेल गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ३४ बजेदेखि हुदै छ ।

जारी आइपिएलमा गुजरातले अहिलेसम्म खेलेका ९ खेलमा ४ जित हासिल गरेकोछ भने ५ खेलमा हार बेहोरेको छ । ८ अंक हासिल गरेको गुजरात अंक तालिकामा सातौं स्थानमा रहेको छ ।

त्यसैगरी बैंगलुरुले ९ खेलमा २ जित हासिल गरेको छ भने ७ खेलमा हार बेहोरेको छ । केवल ४ अंक हासिल गरेको बैंगलुरु अंक तालिकामा पुछारमा रहेको छ । 

त्यसैगरी आज दोस्रो खेल चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच हुदै छ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा चेन्नईले ८ खेलमा ४ जित र ४ हार बेहोरेको छ । ८ अंक रहेको चेन्नई अंकतालिकामा पाँचौं स्थानमा रहेको छ । त्यस्तै सनराइजर्सले ८ खेलमा ५ जित र ३ हार बेहोरेको छ र १० अंकसहित तेस्रो स्थानमा रहेको छ ।
   

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै