• २०८१ बैशाख ३० आइतबार

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो स्थानमा उक्लियो

kharibot

काठमाडौँ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ ।

प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्डारीले २२२९ मत प्राप्त गरेका छन् ।

त्यस्तै यस अघि तेस्रो स्थानमा झरेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह अहिले दोस्रो स्थानमा उक्लिएका छन् ।  उनले १५०४ मत प्राप्त गरेका छन् । 

त्यसैगरी माओवादी केन्द्रका जनकबहादुर बुढाले १४८२ मत प्राप्त गरेका छन् भने एकीकृत एकीकृत समाजवादीका दिलबहादुर सिंहले ९०३ प्राप्त गरेका छन् ।
बझाङको यस क्षेत्रमा अहिलेसम्मको गणनामा ६२२९ मत सदर भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै