काठमाडौं । इलाम- २ मा ४२ वडा मध्ये अहिलेसम ११ वडाको गणना सम्पन्न भएको छ ।
प्राप्त पछिल्लो विवरण अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता बनाएका छन् ।
उनले ७०३३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का ५१०९ मत प्राप्त गरेका छन् । अहिले सुहाङ १९२४ मतले अगाडी रहेका छन् ।
त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ३५१३ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बु ११०२ मत प्राप्त गरेका छन् ।
इलाम-२ मा अहिलेसम्म ११ वडाका १७ हजार ३७५ मत गणना भएको छ ।