• २०८१ जेठ १ मंगलबार

प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटीबीच रोचक प्रतिष्पर्धा

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिगको उपाधि दौडमा आर्सनल र म्यानचेस्टर सिटीबीच रोचक प्रतिष्पर्धा रहेको छ । गएराती सम्पन्न खेलमा आर्सनल र म्यानचेस्टर सिटीले आ-आफ्ना खेल जितेसँगै यो प्रतिष्पर्धा थप रोचक बनेको हो ।

गएराती म्यानचेस्टर सिटीले नोट्टीङघम फरेष्टलाई २-० गोल अन्तरले पराजित गरेको थियो । म्यानचेस्टर सिटीको जितमा जोसको गभार्डिओल र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए ।

त्यसैगरी गएराती नै सम्पन्न खेलमा आर्सनलले टोटनह्याममाथि ३-२ को जित हासिल गरेको छ । आर्सनलको जितमा बुकायो सका र काइ हाभेर्टले एक एक गोल गरेका थिए भने एक गोल टोटनह्यामका पिएरे एमिली होजजर्गले आत्मघाती गोल गरेका थिए । त्यसैगरी टोटनह्यामका लागि क्रिस्टियन रोमेरो र सन् हेंग मिनले एक एक गोल गरेका थिए ।

यो जित पछि आर्सनलको ३५ खेलमा ८० अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ३४ खेलमा ७९ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै पछिल्ला खेलमा खराब प्रदर्शनपछि लिभरपुल भने उपाधि दौडबाट पछि परेको छ । लिभरपुलको ३५ खेलमा ७५ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।
 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै