• २०८१ जेठ २ बुधबार

आइपिएलमा आज कोलकोता र दिल्ली भिड्दै

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ ।

आज कोलकोता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुदै छ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि हुदै छ ।

जारी आइपिएलमा कोलकोता नाइट राइडर्सले अहिलेसम्म ८ खेलमा ५ खेल जितेर १० अंकसहित दोस्रो स्थानमा रहेको छ । कोलकोताले अहिलेसम्म ३ खेलमा हार बेहोरेको छ ।

त्यस्तै दिल्ली क्यापिटल्सले अहिलेसम्म १० खेलमा ५ खेलमा हार बेहोरेको छ भने ५ खेलमा हार बेहोरेको छ । १० अंकसहित दिल्ली छैटौं स्थानमा रहेको छ ।

कोलकोता श्रेयस अय्यरको कप्तानीमा आइपिएल खेल्दै छ । कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ । विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आइपिएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन् । त्यस्तै उनी बाहेक गत आइपिएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकोताका लागि महत्वपूर्ण हुनसक्छन् ।

त्यस्तै फिल साल्ट, सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ । कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकोता सातौं स्थानमा आएको थियो ।

दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपिएलबाट क्रिकेटमा पुनरागमन गरेका छन् र अहिलेसम्म शानदार प्रदर्शन गरिरहेका छन् । आइपिएलको प्रदर्शनले उनलाई राष्ट्रिय टिमको बाटोमा लैजाने लगभग निश्चित जस्तै देखिएको छ । दिल्लीमा कप्तान ऋषवका अलावा कुलदीप यादव, अभिषेक पोरेल, यश धुल, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुन सक्छ ।

त्यस्तै जेक फ्रासर म्याकग्रुक, शाइ होप, ट्रिसटियन स्ट्ब्स,डेविड वार्नर जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ । दिल्ली क्यापिटल्सको आइपिएलमा २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । गत सिजनमा दिल्ली नवौं स्थानमा रहेको थियो ।        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै