• २०८१ जेठ ३ बिहीबार

रास्वपाका मिलन लिम्बुलाई आफ्नै वडामा केवल ९६ मत !

kharibot

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बू आफ्नै वडामा कमजोर देखिएका छन् । माङ्सेबुङ गाउँपालिका वडा नम्बर-२ मा लिम्बूले केवल ९६ मत मात्रै पाएका छन् ।

यस वडामा २४४५ मत खसेकोमा लिम्बुले केवल ९६ मत पाएका हुन् ।यस वडामा एमाले उम्मेदवार सुहाङ नेम्बाङले ५८६ मत प्राप्त गरेका छन् भने कांग्रेसका डम्बर खड्काले ३५१ र पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ३१७ मत प्राप्त गरेका छन् । 

निर्वाचन आयोगले सार्बजनिक गरेको पछिल्लो मत विवरण अनुसार सुहाङले १० हजार ३ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेस उम्मेदवार खड्काले ६ हजार ९४४ मत प्राप्त गरेका भने पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू ५ हजार ५९१ मत प्राप्त गरेका छन् । त्यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बू १४४३ मत प्राप्त गरेका छन् ।

१ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा ६९ हजार २८७ मत खसेको थियो । जसमध्ये २४ हजार ७३८ मत गणना गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै