• २०८१ जेठ २ बुधबार

बझाङमा एमालेका भण्डारी २५ मतले अगाडी

kharibot

चैनपुर । बझाङ-१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी २५ मतले अगाडी रहेका छन् ।

पछिल्लो मत परिणामअनुसार भण्डारीले १० हजार १४९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार १२४ मत प्राप्त गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ६९५ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४२७ मत प्राप्त गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै