• २०८१ जेठ २ बुधबार

बझाङमा एमालेले अग्रता बढायो, कांग्रेस ३४२ मतले पछि

kharibot

काठमाडौँ । बझाङ-१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता बढाएका छन् । मतगणना अन्तिम चरणमा रहेको बेला एमालेका भण्डारी ३४२ मतले अगाडी रहेका छन् । 

पछिल्लो मत परिणामअनुसार भण्डारीले ११ हजार १०३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ७६१ मत प्राप्त गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ७९७ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१० मत प्राप्त गरेका छन् ।

बझाङको यस क्षेत्रमा अहिलेसम्मको गणनामा २८ हजार ५६८ मत गणना भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै