• २०८१ जेठ २ बुधबार

इलाम- २ मा करिब आधा मत गणना हुदा कसले कति मत पाए ?

kharibot

काठमाडौँ । इलाम- २ मा लगभग आधा मत गणना गरिएको छ । पछिल्लो अपडेट अनुसार एमालेका सुहाङ नेम्बाङ ४ हजार ९८६ मतान्तरले अगाडी रहेका छन् । उनले कुल १३ हजार ९०० मत प्राप्त गरेका छन् भने कांग्रेसका डम्बरबहादुर खड्काले ८ हजार ९१४ मत प्राप्त गरेका छन् । 

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले पनि पछिल्लो गणनामा मत बढाउदै लगेका छन् । उनले अहिलेसम्म ८२८५ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बु १९४५ मत प्राप्त गरेका छन् ।

त्यस्तै मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बूले ३०२ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका जितबहादुर राईले २९४ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले ९१ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले ७९ मत पाएका छन् ।

त्यसैगरी जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ७२, स्वतन्त्र उम्मेदवार अर्जुनबहादुर शाहीले ३५, राज बश्यालले २६, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाहले २४, स्वतन्त्र उम्मेदवार दिपेश बोहोराले १८, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी र राप्रपा नेपालका गणेशबहादुर चौहानले १५-१५, नेशनल रिपब्लिक नेपालका धनराज राना मगरले २, स्वतन्त्र उम्मेदवारहरु डाकप्रसाद गौतमले २, मनोज निरौलाले ३ र योगेन्द्र गुरुङले ४ मत प्राप्त गरेका छन् ।

इलाम-२ मा अहिलेसम्म ३४ हजार २६ मत गणना भएको छ । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै