• २०८१ जेठ २ बुधबार

इलाम- २ मा सुहाङ ५५८५ मतले अगाडी

kharibot

काठमाडौं । इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार सुहाङले १५ हजार ६५३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का १००६८ मत प्राप्त गरेका छन् । अहिले सुहाङ ५५८५ मतले अगाडी रहेका छन् ।

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले पनि पछिल्लो गणनामा मत बढाउदै लगेका छन् । उनले अहिलेसम्म ८६८९ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बु २३१६ मत प्राप्त गरेका छन् ।

इलाम-२ मा अहिलेसम्म ३७ हजार ८७४ मत गणना भएको छ । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै