• २०८१ जेठ ४ शुक्रबार

अवहेलना मुद्धामा सिधाकुरा डटकमका प्रकाशकलाई बयानका लागि बोलाउन आदेश

kharibot

काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेललाई बयानका लागि बोलाउने आदेश गरेको छ । 

सर्वोच्चले ‘सो–मोटो’ (स्वतः संज्ञान) लिएर आइतबार मुद्दा दायर गरेको मुद्दामाथि सोमबार न्यायाधीशहरू नहुकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले बयानमा बोलाउने आदेश दिएको हो ।

अन्य मुद्दा वा रिट अरू कसैले दायर गर्नुपर्ने प्रावधान भए पनि अदालतको अवहेलनाको मुद्दा अदालत स्वयंले दायर गर्ने न्यायिक प्रचलन संसारभर छ । सोहि प्रचलन अनुसार आइतबार मुद्दा दायर भएको थियो ।

मुद्दामा जानाजान झूटा समाचार उत्पादन तथा प्रसारण गर्नेहरूविरुद्ध अदालतको अवहेलनामा हदैसम्मको कारबाही गर्न र अन्य फौजदारी कसुरमा समेत अनुसन्धान गराउन आदेश जारी हुनुपर्ने माग गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै