• २०८१ जेठ ३ बिहीबार

'सिधा कुरा डटकम' मा प्रकाशित समाचार २४ घण्टा भित्र हटाउन आदेश

kharibot

काठमाडौँ । सर्वोच्च अदालतले 'सिधा कुरा डटकम' मा केही दिनअघिदेखि सर्वोच्च अदालतका न्यायाधीशहरूलाई जोडेर लेखिएका समाचार आदेश प्राप्त भएको मितिले २४ घण्टाभित्र हटाउन आदेश दिएको छ ।

न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यस विषयमा आउँदा दिनमा फलोअप सामग्री प्रकाशन प्रशारण वा पुन: प्रशारण नगर्न आदेश दिएको हो ।

साथै सर्वोच्चले सिधाकुराका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानालाई बयानका लागि अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

साथै इजलासले प्रकासित अडियोको सत्यता अनुसन्धान गर्न प्रहरीलाई निर्देशन समेत दिएको छ ।

अन्य मुद्दा वा रिट अरू कसैले दायर गर्नुपर्ने प्रावधान भए पनि अदालतको अवहेलनाको मुद्दा अदालत स्वयंले दायर गर्ने न्यायिक प्रचलन संसारभर छ । सोहि प्रचलन अनुसार आइतबार सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्द घिमिरेले मुद्दा दायर गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै