• २०८१ जेठ ४ शुक्रबार

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो

kharibot

टोकियो । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा तीन वर्षकै पहिलो पटक घटेको सरकारले मङ्गलबार एक रिपोर्टमार्फत जनाएको छ । 

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले गत वर्षको मार्च महिनाको तुलनामा रोजगार–आवेदक अनुपात शून्य दशमलव ०२ अङ्कले घटेर एक दशमलव २९ मा झरेको छ ।

मार्चका लागि, रोजगार उपलब्धता अनुपात फेब्रुअरीदेखि शून्य दशमलव ०२ ले बढेर एक दशमलव २८ पुगेको थियो । यसले प्रत्येक एक सय जनाका लागि एक सय २८ रोजगारी उपलब्ध भएको जनाउँछ । 

मन्त्रालयका अनुसार नयाँ रोजगारी खोज्ने मानिसहरूले आफ्नो हालको पदहरूमा तलब बढ्ने अनुमान गरेका कारण यो वृद्धि भएको हो ।

मार्चमा कम रोजगारीको अवसर भएका क्षेत्रहरूमा निर्माण क्षेत्र १० दशलवलव आठ प्रतिशतले घटेको छ भने जीवनशैली र मनोरन्ञ्जन सेवा क्षेत्र र शिक्षा क्षेत्र दुवै १० दशमलव पाँच प्रतिशतले घटेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै