• २०८१ जेठ ८ मंगलबार

बराबरीमा रोकिए रियल म्याड्रिड र बायर्न म्युनिख

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र बायर्न म्युनिख बराबरी खेलेका छन् ।

बायर्नको घरेलु मैदानमा गएराती सम्पन्न खेलमा रियल म्याड्रिड र बायर्न म्युनिख २-२ को बराबरी खेलेका हुन् ।

खेलमा पहिलो गोल रियल म्याड्रिडका भिनिसियस जुनियरले गरे पनि दोस्रो हाफको ५३ र ५७औं मिनेटमा बायर्न म्युनिखले गोल गर्दै खेलमा २-१ को अग्रता लिएको थियो । बायर्नका लागि लिरोय साने र ह्यारी केनले एक एक गोल गरेका थिए ।

त्यसपछि खेलको ८३औं मिनेटमा रियल म्याड्रिडले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेको थियो । रियलका लागि भिनिसियसले नै दोस्रो गोल गरेका थिए ।

अब सेमिफाइनलको दोस्रो लिग रियल म्याड्रिडको घरेलु मैदानमा मे ९ मा हुने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै